काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीसंग भिडिओ कन्फरेन्स सुरू गरेका छन् ।
रक्षामन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वाररूम’बाट कुराकानी भएको हो।
भिडियो कन्फरेन्समा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल हुने जनाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रक्षामन्त्री पोखरेलले उच्चस्तरीय समन्वय समितिको निर्णय, नीति तथा कार्यक्रमका बारेमा माननीय मुख्यमन्त्रीहरूलाई जानकारी गराउने र प्रदेशहरूको अवस्था तथा समस्याका बारेमा जानकारी लिने उनका प्रेस संयोजकले जानकारी दिए ।

















