वीरगंज । गण्डकी लायन्स कल्बद्वारा १० जना दलित जेहन्दार बिधार्थीहरलाई राहत वितरण वीरगंज ११ बिहिवार गण्डकी लायन्स कल्ब अफ पोखराद्वारा श्रीद्वारा देबी माध्यमिक उच्च बिघालय अलौमा १० जना बिधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।
श्रि द्वार देबी माध्यमिक उच्च बिधालय अलौमा १० जना दलित जेहेन्दार बिधार्थीहरुलाई ५ हजारको दरले गण्डकी लायन्स कल्बका अध्यक्ष लक्ष्मी रेगमीको अध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। वितरण कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुलीले गण्डकी ल्यान्स कल्बले गरेको काम सरहानिय रहेकोले संज्ञा दिदै आफुलै आफ्नो गाऊमा रहेका सार्वजनिक कार्यमा अगाडी रहने प्रतिबद्धता जनाउनुभयो। छात्रवृत्ति वितरण कार्यक्रममा विशिष्ट अथिती पुरुषोत्तम मिश्र,प्रधानध्यापक दयाकान्त झा , शिक्षक रामलखन यादव , भरत साह , सरिता साह र पत्रकार राधेशयाम पटेल लगाएतको सहभागीता थियो।

















