काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सशस्त्र द्वन्द्वका शहीद, वेपत्ता योद्धाहरुको सम्बोधनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले शहीदहरु सबैका साझा सम्पत्ति भएकाले अमूल्य सम्पत्तिको संरक्षण गर्न सबै जनता तथा राजनीतिज्ञहरुको कर्तव्य भएको टिप्पणी गरे।


















