काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको बैठक सुरु भएको छ।
कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको उक्त नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ शीर्षकको १० पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भए पछि बसेको यो बैठकलाई एकताको बैठकको रूपमा लिइएको छ ।


















