काठमाडौं – अहिले बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव देखाइएको छ । अभाव देखाउँदै प्रत्येक तरकारीको मूल्य दोब्बर तेब्बर बनाइएको छ ।
कोरोना भाइरसको रोकथामका लागि लकडाउन गर्नुअघि ४० रुपैयाँ प्रतिकेजी खुद्रा मूल्यको गोलभेडा अहिले एक सय रुपँयाँ नाघेको । काउली, बन्दा, भिन्डी, बोडी, सिमी जस्ता तरकारीको मूल्य दोब्बर भएको छ ।
किसानहरु भने विक्री गर्न नपाएर बारीमै कुहाउन वाध्य भएका छन् । लकडाउनले ढुवानीको समस्या हुँदा पनि किसानको बारीमा तरकारी उठ्न सकेको छैन । यसैको फाइदा उठाउँदै कालाबजारी हावी हुन थालेका छन् ।
















