लकडाउनकाे पाचाैंदिन काठमाडौंबाट ३ सय १५ जना नियन्त्रणमा

74

काठमाडौं – लकडाउनको पाँचै दिन आज शनिवार बिहान ९ बजेसम्म मात्र प्रहरीले काठमाडौंमा मात्र ३ सय १५ जनालाई नियन्त्रणमा लिएको छ। सरकारको निर्णय नटेरेको भन्दै प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गरेको छ ।

सबै भन्दा बढि मानिस सडकमा आएकोले प्रक्राउ गरिएकाे  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जनाए ।

सरकारले गत मंगलवारदेखि लकडाउन घोषणा गरेको छ। कसैलाई पनि अनुमतिविना घरबाहिर ननिस्किन भनिएको छ। तर, लकडाउन भएको दिन थपिँदै जाँदा सडकमा देखिने मानिसको सङ्ख्या पनि बढेको छ।

प्रहरीले राज्यको लागि भन्दा पनि जनताको सुरक्षाका लागि लकडाउन भएकाले अब थप कडारुपमा प्रस्तुत हुने भएको छ।

त्यस्तै ट्राफिक प्रहरीले पनि अनुमति नलिइ सवारी चलाउनेलाई नियन्त्रणमा लिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here