लकडाउनको मौका छोपी भारतबाट धमाधम भित्रिए नेपालीहरू

395

काठमाडौं – नेपाल–भारत ‘लकडाउन्’को मौका छोपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत् नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।

यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदूर ट्युबमार्फत् घर फर्किएका हुन् । दुवै देश ‘लकडाउन्’ भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत् घर फर्किएको स्थानीय बताउँछन् ।

ट्युबमा चढेर दिनहुँ नेपाली मजदूर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत् नेपाल आउने गरेको स्रोतको दावी छ ।

त्यहीँका स्थानीयले अहिले विपत्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदूर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिनुभयो । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उहाँले बताउनुभयो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here