नेकपा एमालेकाे विधान अधिवेशन आजदेखि शुरू

190

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को शुक्रबारदेखि सुरु हुने प्रथम विधान महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ ।

ललितपुरस्थित गोदावरीमा असोज १५–१७ हुने महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । महाधिवेशनको उद्घाटन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले महाधिवेशन स्थलको तयारी, प्रतिनिधि छनोट, व्यवस्थापन, प्रतिवेदन लेखनलगायत सम्पूर्ण तयारी पूरा भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here