उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण

247

काठमाण्डौ / उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ ।

केही दिन पहिला पनि उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले मिसाइल परीक्षणले अस्थिरता र असुरक्षा बढाएको बताउनुभएको छ ।

उ​त्तर कोरियाले भने आत्मरक्षाका लागि हतियार आवश्यक भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here