चीनको वुहान आवागमन हुन सुरु

150

एजेन्सी – कोरोना भाइरस अर्थात कोभिड-१९ को उद्गमस्थल चीनको वुहान सहरमा मानिसको आवागमन हुन सुरु भएको छ ।

भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म हजारौं मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।पालिकाले हुवेई प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला सहर बजारमा लगाइएका सबैजसो प्रतिबन्ध हटाएको छ ।

योसँगै बजार/पसल खुलेका छन् ।  ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिएको छ ।  गएको जनवरी २३ तारिखदेखि वुहानमा लकडाउन गरिएपछि झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

वुहानका बासिन्दामाथि यात्रामा लागेको प्रतिबन्ध आउँदो अप्रिल ८ तारिखदेखि हटाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here