उनले अन्तवार्तामा भनेकी थिइन्, ुराजेश हमाल हुनुहुन्छ र रु राजेश दाइ मात्र महानायक हुनुभयो । त्यहाँ प्रोड्युसर महानायक भएन, डाइरेक्टर महानायक भएन । राजेश दाइले मात्रै फिल्म खेल्नुभो । उहाँले फिल्म इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ ।ु यो अन्तर्वार्ता प्रसारण भएपछि नै हमालका प्रशंसकले उनको कलाकारिता र उनले फिल्म उद्योगमा पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै आपत्ति जनाएका थिए । साथै दीपाश्रीले राजेशबारे टिप्पणी गर्दा अहं र दम्भ प्रदर्शन गरेको पनि उनीहरुको आरोप थियो ।
‘अस्वभाविक पेलान भो । हो म शब्द चयनमा चुकेको हो । उहाँ मेरो मनपर्ने अभिनेता हो । मैले उहाँलाई चलचित्र क्षेत्रको खम्बा भनेर आदर पनि गरेको छु,’ उनले भनिन्, ‘कुरा अस्वभाविक किसिमले यसरी मोडियो । १० दिनसम्म यही कुरा रु किन यस्तो घट्ना बढेको हो मैले त तुरुन्तै भोलिपल्ट नै माफी मागेको हो नि १ अहिले मन अलिकति गलेको छु, उनले भनिन् । उनको अभिव्यक्तिमाथि आएका प्रतिक्रिया शिष्ट र तार्किकमात्रै छैनन्, अश्लिल गालीगलौज पनि रहेको यो समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको हो ।

















