तेलको भाउमा २००२ पछि ठूलो गिरावट

87

एजेन्सी – कच्चा तेलको माग पतन हुने अवस्थामा पुगेपछि तेलको भाउमा २००२ पछिकै ठूलो गिरावट आएको छ । सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारल २२.५८ डलर मा झरेको हो । यता अमेरिकाको वेस्ट टेक्सस इन्टरमेडिएटमा भने प्रति ब्यारेल २० डलरसम्म पुगिसकेको छ जुन १८ वर्षकै थोरै हुन्छ ।

कोरोना संक्रमणका कारण पछिल्ला केहि महिनाहरुमा तेलको मूल्य आधा भन्दा धेरैले कम भएको छ । यस्तोमा विभिन्न ठुला कक्पनीले आपूर्तिमा कटौति र उत्पादन बन्द गर्ने भएका हुन् । साथै एक महिनाअघि साउदी अरब र रुसबीच तेलको मूल्य सम्बन्धी सुरु भएको नयाँ युद्धले पनि तेल बजार ठूलो स्तरमा प्रभावित भएको थियो ।

साउदीले रुसलाई ‘ओपेक’ का अन्य सदस्य जसरी नै उत्पादन कटौतिलाई समर्थन गराउन नसकेपछि यस्तो भएको हो ।

कोरोनाविरुद्ध गरिएको लकडाउनका कारण विमानको उडानलगायत सबै किसिमका सवारी साधन बन्द भएपछि रिफाइनरीहरुले एकदम सिमित कच्चा तेल प्रोसेसिङ गरिरहेका छन् ।

यसरी आम्दानीका लागि तेल उत्पादनमा भारी रुपमा निर्भर देश, जस्तै अल्जेरिया, नाइजेरिया र लिबिया सबैभन्दा नराम्ररी प्रभावित भएका छन् ।

किनकि उनीहरुले सरकार र व्यवसायिक आम्दानी बीच सन्तुलन मिलाउन प्रतिब्यारल १०० डलरसम्ममा बिक्री गर्नुपर्ने हुन्छ । त्यस्तै २०१४ देखि तेलको मूल्यमा ठुल्ठुला गिरावटको सामना गरिरहेको साउदी अरबले पनि १०० अर्ब भन्दा धेरै फन्डिङको अभाव महसुस गर्न सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here