कम्युनिस्ट नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किए

118

काठमाडौं ।  पुराना कम्युनिस्ट नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किएका छन्। नेकपा एकीकृत समाजवादीको पक्षमा रहेका उनी आयोग पुगेका भए पनि उनले सनाखत गरेका हुन् वा होइनन् भन्ने स्पष्ट हुन सकेको छैन।

माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा नेता नेपालको नाम भए पनि उनको हस्ताक्षर थिएन। सुरुवातमा आफू विभाजनको पक्षमा नरहेको बताए पनि पछि भने उनले आफू माधव नेपालको साथमा रहेको बताएका थिए।

यसैबीच, नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत सुरु भएको छ। चन्द्रागिरिमा दुई दिनसम्म छलफल गरेका सो पक्षका नेताहरु त्यहाँबाट सिधै आयोग पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here