काठमाडौं – कोरोना स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई बीचबाटै फर्किएको छ ।
नेपाल सरकारले चीनबाट ल्याएको मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपरेको हो ।
चीनबाट ल्याएको कोरोना स्वास्थ्य उपकरण ८० प्रतिशत नक्कली रहेको उच्च स्रोतले दावी गरेको छ । यसअघि चीनबाट स्पेन, चेकरिपब्लीक, नेदरल्याण्डले पनि सामग्री नक्कली भएको भन्दै सामग्री फिर्ता गरिसकेको छ ।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३३,९७६ जना पुगेको छ । कोरोना संक्रमितको ७,२२,१९६ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ७,२२,१९६ संक्रमित मध्ये १,५१,७६६ जना संक्रमणमुक्त भएका छन् । नेपालपानाबाट


















