भारतमा लकडाउनकाे कारबाहीमा परेमा कोरोना हेलमेट

201

एजेन्सी – लकडाउनका बेला घरबाहिर निस्किएका मानिसहरूमाथि छिमेकी मुलुक भारतमा प्रहरीले लाठी वर्षाइरहेका भिडियोहरू इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छन् ।

लकडाउन तोड्नेविरुद्ध भाटे कारबाहीको पनि केही जोर नचलेपछि प्रहरीले एउटा नयाँ जुक्ति लगाएको छ, मान्छे तर्साउने । भारतमा एकजना प्रहरी अधिकारी कोरोना भाइरस जस्तै आकृतिको हेलमेट लगाएर सडकमा ड्युटीमा निस्किन थालेका छन् ।

राजेश बाबु नामका ती पुलिस अधिकारी जब कोरोना भाइरसरूपी हेलमेट लगाएर गस्तीमा निस्किन्छन् तब मानिसहरू तर्सिन्छन् ।

भारतको चेन्नइका यी पुलिस अफिसरले सडकमा बिनाकाम निस्किएका मानिसहरूको अगाडि पुगेर उनीहरूलाई सम्झाउने गरेका छन् । मानिसहरूलाई कोरोना भाइरसको महामारीको जोखिम तथा अहिले घरमै बस्नु कति अनिवार्य छ भन्ने बारेमा उनले बताउने गर्दछन् । तर कतिपय मानिसहरू उनलाई देख्नेबित्तिकै तर्सिने गरेका छन् ।

कोरोना भाइरसरूपी हेलमेट लगाउनुको कारणबारे बताउँदै उनले मानिसहरूमा भाइरसप्रति सचेतना तथा यसको भयानकताको ज्ञान होस् भन्नका लागि आफूले यसो गरेको दाबी गरेका छन् ।

प्रहरीले अनेक प्रयास गर्दा पनि मान्छेहरू सडकमा निस्किन नछाडेको उनी बताउँछन् । कोरोना हेलमेट मानिसहरूलाई स्थितिको गम्भीरता बुझाउने एउटा नयाँ उपाय भएको उनको भनाइ छ । आफूले हेलमेट लगाएको देखेपछि मानिसहरूमा कोरोना भाइरसप्रतिको सचेतनामा वृद्धि भएको र खासगरी बालबालिकाहरू बढी सचेत बनेको उनको धारणा छ । स्थानीय एकजना कलाकारले तयार पारेको उक्त हेलमेट वास्तबमा कागजबाट बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here