मानव अधिकारद्वारा सरकारलाई दुई करोड फिर्ता

184

 काठमाडाैं –  राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई दुई करोड रूपैंयाँ तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम खर्च गर्न सकिने भन्दै आयोगले रकम फिर्ता गर्ने निर्णय गरेको हो।

‘चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट प्रशासनिक र अत्यावश्यक कार्यक्रमबाहेक अन्य कार्यक्रम स्थगत गरी सो को लागि विनियोजित रकममध्ये दुई करोड नेपाल सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय भएको छ,’ आयोजका सचिव वेद भट्टराईले भने।

फिर्ता गरेको उक्त रकम कोरोना नियन्त्रणमा खर्च गर्न सरकारलाई आयोगले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here