लकडाउनमा गैरजिम्मेवार हुने छुट कसैलाई छैन : पूर्वराजा ज्ञानेन्द्र

70

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले फैलाएको सन्त्रासबारेकोरोना गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले लकडाउन बाध्यात्मक परिस्थितसमेत भएको जनाएका छन्।

‘संसारमा हाल देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहलप्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भै सकेको छ,’ विज्ञप्तिमा शाहले भनेका छन्,

‘यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here