एजेन्सी – नोभेल कोरोना भाइरसको प्रत्यक्ष असर पत्रपत्रिकामा पनि परेको छ ।
कोरोना भाइरसको महामारीकै कारण अस्ट्रेलियाका करिब ६० क्षेत्रीय पत्रपत्रिकाहरुको प्रिन्ट संस्करणको प्रकाशन नै बन्द गरिएको छ ।
मिडिया ग्रुप न्युज कोर्पले बुधबार अब यी संस्करणहरु अनलाइनमार्फत जाने बताएको छ ।
“हामीले यस निर्णयलाई हलुका रुपमा लिएका छैनौं,” न्युज कोर्प अस्ट्रेलेसियाका प्रमुख माइकल मिलरले भने, “यस क्षेत्रमा समस्या उत्पन्न भयो भने अर्कोतिर विज्ञापनमा तीव्र गिरावट आएको छ।” – बीबीसी


















