कथानक चलचित्र नाइँ नभन्नू ल–६ निर्माण हुने

191

काठमाडौं – विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण अहिले नेपाल पनि लकडाउनको अवस्थामा छ । यसक्रममा चलचित्र उद्योग ठप्प छ । छायांकनमा रहेका चार चलचित्र र चैत महिनाभित्र छायांकन सुरु हुने अरू चार चलचित्र रोकिएका छन् ।

नेपाली चलचित्रकै सबैभन्दा धेरै शृंखला ‘नाइँ नभन्नू ल’को छैटौं शृंखला पनि निर्माण हुँदै छ । यो शृंखलाका विगतका सबै फिल्म सफल छन् ।

चैत महिनामै अन्तिमबाट छायांकन गर्ने लक्ष्य लिइएको चलचित्र ‘नाइँ नभन्नू ल–६’ को छायांकन पनि केही समय पछि सरेको छ । यो चलचित्रलाई पनि विकास आचार्यले नै निर्देशन गर्दै छन् । लकडाउनकै समय घरमै बसेर उनले चलचित्रको बाँकी तयारी गरिरहेका छन् ।

यो चलचित्रको नायिकामा वर्षा राउत चयन भएकी छन् । वर्षालाई विकासले नै चलचित्र ‘नाइँ नभन्नू ल–४’ बाट नेपाली चलचित्र वृत्तमा नायिकाको रूपमा ल्याएका हुन् । वर्षाले अघिल्ला दुई चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’को छायांकन सकेपछि चलचित्र नाइँ नभन्नू ल–६ लाई समय दिने भएकी छन् ।

यो चलचित्रका लागि अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतलगायतका कलाकार यसअघि नै चयन भइसकेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here