काठमाडौं – आज चैते दशै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।


















