काठमाडाैं – विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपालबाट आफ्ना आफन्तले नो अब्जेक्सन लेटर (एनओसी) नभए पनि ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) सम्म पठाउन सक्ने भएका छन् । राष्ट्र बैंकले कोरोनाका कारण विश्वभरी अलपत्र परेका नेपाली विद्यार्थीलाई सहज होस् भनेर पैसा पठाउन दिने भएको छ ।
राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै ‘नो अब्जेक्सन सटिर्फिकेट’ (एनओसी) बिना विद्यार्थीलाई प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरेको हो ।
बैंकले यसरी रकम पठाउनका लागि पठाइएको रकम प्राप्त गर्ने विदेशका नेपाली विद्यार्थी नै हुनुपर्ने र पठाएको रकम तथा व्यवस्थाको दुरुपयोग भएको खण्डमा विद्यार्थीका आफन्त जिम्मेवार हुनु पर्ने जनाएको छ ।


















