काठमाडौं – गायक राज सागरले बिहीबार कोराना भाइरस संक्रमणसम्बन्धी गीत ल्याएका छन् ।
‘उद्धार गरौं, मानवताको उद्धार गरौं’ बोलको गीत वसन्त चौधरीले रचना गरेका हुन् । संगीत राज सागर आफ्नै छ । यस्तै, राहुल विश्वकर्माको एरेन्ज छ ।
यसअघि उनले कोरोनासम्बन्धी अर्को गीत पनि सार्वजनिक गरेका थिए । ‘ओ कोराना’ बोलको गीत डा. डीआर उपाध्यायले रचना गरेका हुन् । कम्पोजिसन राज सागर र एरेन्ज राहुल विश्वकर्माको छ ।

















