चीनमा कुकुर-बिरालोको मासु उपभोगमा प्रतिबन्ध

264

एजेन्सी – चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । सेनजेन कुकुर र बिरालोको मासु बिक्री र खान प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर बनेकाे छ ।

कोरोना भाइरस जंगली जनावरको मासुबाट सरेको भन्‍ने कुराहरु सार्वजनिक भएपछि चिनियाँ अधिकारीहरुले यसअघि नै जंगली जनावरहरुको बिक्री वितरण र निर्यातमा रोक लगाइएको थियो ।

सेन्जेनले एक कदमअघि बढ्दै कुकुर र बिरालोको मासुको बिक्री वितरणमासमेत रोक लगाइएको छ । यो नयाँ नियम मे १ देखि लागु हुने बताइएको छ । एसियामा मासुका लागि वार्षिक तीन करोड कुकुरहरु मारिने गरेको ह्युमन सोसाइटी इन्टरनेसनलले जनाएको छ ।

यद्यपि, चीनमा बस्‍ने सबैले भने कुकुरको मासु खाँदैनन् । अधिकांश चिनियाँहरुले भने कुकुरको मासु बिक्री वितरणमा रोक लगाएका छन् ।

“कुकुर र बिरालोको मानिससँग निकै लामो समयदेखि नजिकको सम्बन्ध छ । अधिकांश विकसित मुलुकहरुमा ककुर र बिरालोको मासुमा प्रतिबन्ध लगाएका छन्,” सेनजेनका स्थानीय सरकार प्रमुखले भने, “यो निर्णय पनि मानव सभ्यताको माग र भावनालाई कदर गर्दै गरिएको हो ।”

जनावरको अधिकारसम्बन्धी काम गर्ने ह्युमेन सोसाइटी इन्टरनेशनलले पनि यस कदमको प्रशंसा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here