अमेरिकामा एकैदिन १ हजार २०० को मृत्यु, स्पेनमा ९ सय बढीको मृत्यु

136

एजेन्सी – कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै १ हजार २०० जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै एक दिनमा मृत्यु हुनेको संख्या हो। त्यहाँ २ लाख ४५ हजार ५७३ कुल संक्रमितमध्ये ६ हजार बढीको मृत्यु भइसकेको छ।

स्पेनमा बिहीवार देखि शुक्रवारसम्म कोभिड-१९ को संक्रमणबाट ९३२ जनाको मृत्यु भएको छ। योसँगै कोरानाका कारण स्पेनमा १० हजार ९३५ जनाको मृत्यु भएको छ।

स्पेनमा लगातार तेस्रो दिन ९ सय बढीको मृत्यु भएको हो। बुधवार ९२३ जनाको मृत्यु भएको थियो भने बिहीवार ९६१ जनाको मृत्यु भएको रिकर्ड गरिएको थियो। स्पेनमा इटाली पछि सबैभन्दा धेरै मानिसहरुको कोभिड १९ का कारण मृत्यु भएको छ। इटालीमा हालसम्म १३ हजार ९१५ जनाको मृत्यु भएको छ।

विश्वभर १० लाख भन्दा बढी मानिसमा कोभिड-१९ को संक्रमण देखिएकोमा ५३ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here