कोरोना भाइरसकाे महामारीमा यौन सम्पर्क कति सुरक्षित ?

260

काठमाडौं  । कोरोना संक्रमण र यौन सम्पर्कबारे तपाईले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ ।

यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ ।

डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन् ।

के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ ?

डा. एलेक्स जर्जः यदि तपाई सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन । तर यदि तपाईहरूमध्ये एक जनामा कोरोना भाइरसको लक्षण देखिएको छ भने तपाईले घरमै पनि एकान्तवासमा बस्नुपर्छ । सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दुरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ ।

एलिक्स फक्सः आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन । यदि तपाईलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ ।

नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ ? 

डा. एलेक्स जर्जः म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ । किनभने त्यसो गर्दा कोरोना भाइरस सर्न सक्ने सम्भावना हुन्छ ।

एलिक्स फक्सः के नबिर्सिनुहोस् भने कोरोना भाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन । त्यसैले तपाई एकदमै ठीक देखिनु भएको छ भने पनि तपाईबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ ।

पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ । के अब गर्नुपर्ला ? 

एलिक्स फक्सः  यसको उत्तर तपाई किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ ।

यदि तपाईहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन । तर यदि तपाई अन्य प्राकृतिक उपाय (जस्तो वीर्य बाहिर स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला ।

के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ ? 

डा.एलेक्स जर्जः यदि तपाई एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ ।

मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ । अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ । त्यसैले तपाईसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ । बीबीसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here