एजेन्सी – स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र नयाँ संक्रमितको संख्या घट्न थालेको छ।
गत २४ घण्टामा ६ सउ ७४ को ज्यान गएको छ। गएको तीन दिनदेखि मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ।
हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १२ हजार ४ सय १८ पुगेको छ। स्पेन इटलीपछिको सबैभन्दा बढी मृत्यु हुने मुलुक हो।
शनिबार स्पेनमा १ हजार ४ सय ८८ नयाँ संक्रमित थपिएका छन्। यो मार्च १७ यताको सबैभन्दा कम संख्या हो।


















