इटालीमा प्रधानमन्त्रीका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु

85

इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो । प्रहरी अधिकृतको रुपमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका जर्जिओ गेस्टामाचियाको मृत्यु भएको हो । उनलाई यही मार्च २१ म कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर दुई सातासम्म प्रधानमन्त्री कोन्टेसँग सम्पर्कमा थिएनन् ।

५५ वर्षीय प्रधानमन्त्री कोन्टेको पनि कोरोना परीक्षण गरिएको थियो । तर नेगेटिभ रिपोर्ट आएको थियो । प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु भएपछि इटालीको प्रहरीले विज्ञप्ति निकाल्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जर्जिओ ५२ वर्षका थिए । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै १५ हजार नाघिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here