डोटी – जिल्लाकाे जोरायल गाउँपालिकामा वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ ।
हिजाे आइतबार बेलुकी करिब ५ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनको भरुवा बन्दुकको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
अनितालाई उनलाई २२ वर्षीया श्रीमान खडक वनले गोली हानी हत्या गरेको आशंका गरिएको छ । मृतक अनिता र उनका श्रीमान मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफुले गोली नहानेको जनाएका इलाका प्रहरी कार्यालय जोरायलका इञ्चार्ज सइ महेन्द्र थापाले जनाए ।
यस बारे प्रहरीले थप अनुसन्धान जारी राखेका छन् ।


















