एन्फाद्वारा ललितपुर मनपालाई दुई एम्बुलेन्स सहयोग

48

काठमाडौं  – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ ।

अवस्था समान्य भएपछि ललितपुर महानगरले एन्फाको दुई एम्बुलेन्स फिर्ता गर्ने छ । दुई एम्बुलेन्स विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को फिफा फरवार्ड फन्डमार्फत प्राप्त भएको हो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दुई एम्बुलेन्स ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गरे । मेयर चिरीबाबु महर्जनले एम्बुलेन्स सहयोग गरेकोमा एन्फालाई धन्यवाद ज्ञापन गरे ।

यसअघि एन्फाले आफ्नो भवनहरु क्वारेन्टाइनको रुपमा प्रयोग गर्नको लागि प्रदान गरिने बताइसकेको छ । रौतहटमा रहेको महिला फुटबल एकेडेमी क्वारेन्टाइनको रुपमा प्रयोगमा आइसकेको छ । अन्य टेक्निकल सेन्टर काठमाडौं, धरान र बुटलको एकेडेमी पनि क्वारेन्टाइनको लागि आवश्यक परेको बेलामा प्रयोग गर्न सकिने एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here