काठमाडौं । पाकिस्तानी राजदूतावासको आयोजनामा मार्चमा नेपाल पाकिस्तान फ्रेन्डसीप टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । १० मार्चसम्म आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् ।
१२ टिमलाई चार चार समूहमा विभाजन गरिएको छ । समूह चरणका शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह ए मा पाकिस्तान राजदूतावास, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् । यस्तै समूह बीमा स्टार क्रिकेट एकेडेमी, बलपार्क एकेडेमी र जीएचसीए रहेका छन् ।
समूह सीमा रास विद्यापीठ एकेडेमी, एञ्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्सी सेन्टर रहँदा समूह डीमा स्कूल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी रहने छन् ।

सेमिफाइनलमा समूह ए को विजेता र समूह डीको विजेता भिड्दा दोस्रो सेमिफाइनलमा समूह बी र समूह सीका विजेताबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताका सबै खेलहरु शंख पार्कमा रहेको पाकिस्तानी राजदूतावासको आफ्नै मैदानमा हुने छ ।
गत संस्करणको उपाधि ग्रेन हिमालय क्रिकेट एकेडेमीले जितेको थियो । फाइनलमा एञ्जल्स हार्ट एकेडेमीलाई १०७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

















