कोभिड-१९ बाट एकै दिन ७ हजार बढीको मृत्यु, ८२ हजार नाघ्यो, १४ लाख ३०हजार संक्रमित

69

एजेन्सी  /  विश्व महामारी कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २६ पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३७२ ले ज्यान गुमाएका छन्।

गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख ३०हजार ९४१ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख एक हजार ९ सय ७० जना निको भएका छन्।

अमेरिकामा थप ३३ हजार ३३१ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९७० को थप ज्यान गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४१ पुगेको छ।

इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here