काठमाडौं – कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।
लकडाउनकाे समयमा अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाहीस्वरुप तीन घण्टा सडकमै राखेर कोरोना विशेष जानकारी समेत दिदै आएको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको हो। लकडाउनको विकल्प नभएकोले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ।


















