काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान नै जीवनदान’हो भन्ने मुलनाराका साथमिति २०७५/०९/२६गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
२०६३ पौष १८गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ इएर द २०१४ तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड २०१६, बेष्ट इम्प्लोयर अफ द इयर २०१८ बाट समेत सम्मानित भईसकेको छ ।
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्गको साथमा मलेसिया, दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।


















