एजेन्सी – पाकिस्तानी तिब्र गतिका बलर सोएब अख्तरले अर्को वर्षसम्म कुनै क्रिकेट प्रतियोगिता हुन नसक्ने बताएका छन् । उनले यस वर्ष अस्ट्रेलियामा हुने तय भएको टी–ट्वान्टी विश्वकप क्रिकेटको सम्भावना पनि न्यून भएको बताएका छन् ।
उनले यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) पनि हुने सम्भावना कम भएको जनाएकाछन् । “मलाई लाग्छ आईपीएलको यो शृंखला हुने छैन । मेरो अन्दाजमा आउने एक वर्षसम्म कुनै प्रकारको क्रिकेट प्रतियोगिता हुने छैन,” अख्तरले भने, “यस वर्ष हुने तय भएको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पनि हुने छैन ।”
यो समय कोरोना भाइरससँग जुधिरहेकाले प्रतियोगिताका लागि खेलाडीको तयारी नपुग्ने समेत उनले जानकारी दिए । प्रतियोगितामा दर्शकको भीडले पनि त्यति नै महत्त्व राख्छ । तर, कोरोनाका कारण त्यो सम्भव नभएकाले प्रतियोगिता लामो समयका लागि स्थगित हुन सक्नेछ ।
यसअघि अस्ट्रेलियाका तिब्र गतिका बलर डेल स्टेनले पनि यस विषयको संकेत गरेका थिए । उनले टी–ट्वान्टी विश्वकपलाई लिएर हुनेमा शंका रहेको जनाएका थिए ।


















