कोभिड-१९ बाट १ लाख भन्दा बढीको मृत्यु, करिब ५ लाख निको भए

170

काठमाडौं  –  पछिल्लाे २४ घण्टाभित्र कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट  ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन्।

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २० लाखनजिक पुगेकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या १९ लाख ९८ हजार १०९ पुगेकाे छ ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १३ लाख ९२ हजार ५६६ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५१ हजार ६०० जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख २६ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ६ लाख १३ हजार बढी रहेकाे छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८२० जना भने पूर्णरूपमा निकाे भएका छन् ।

काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका  छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा २६ हजार बढीकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार मात्रै २ हजार ४ सयभन्दा बढीकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here