किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

69
सप्तरी –  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय  रामजिवन यादव पक्राउ परेका छन्  ।

यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनले किशोरीमाथि बलात्कार गरेके भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here