व्यस्त सहरमा पैसा छरेर भाग्ने दुई महिला पक्राउ

132

जनकपुर –  प्रदेश २ को राजधानी जनकपुरको व्यस्त सडकमा पैसा छरेर फरार दुई जना महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाजिल्ला प्रहरी कार्यालयले दिएको  प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पैसा छरेर फरार नन्द र भाउजु पर्ने स्थानीय आमुना खातुन र अलिना खातुनलाई पक्राउ गरेको हो ।

पैसा छरेर फरार दुबै जनालाई जनकपुर उपमहानगरपालिका ७ स्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । जनकपुर ६ स्थित महाबीर चौकमा हिजो रु. १० को झण्डै १५ वटा नोट छरेर फरार भएका थिए ।

रकम सडकमा किन छरेको हो ? भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रबक्ता कार्कीले जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here