वैशाख अन्तिममा हुने पाँचौं राष्ट्रिय भलिबल प्रतियाेगिता स्थगित

266

काठमाडौं – यही वैशाख अन्तिममा आयोजना गर्ने तयारी रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको कोभिड-१९ महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । लिग वैशाख २५ देखि जेठ १ सम्म हुने तय भएको थियो ।

एनभीएले यो कठिन समयमा सबै भलिबल स्टेक होल्डरसँग छलफल गरिरहेको जनाएको छ । गत माघका काठमाडौंमा भएको पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष र छ महिला टोलीले पाँचौं राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय थियो ।

उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलातर्फ विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो ।यस्तै, एनभीएले कोभिड-१९ का कारण विभिन्न मिटिङ, साधारण सभा र अन्तर्राष्ट्रिय भलिबल क्यालेन्डर सेप्टेम्बरसम्म स्थगित भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here