एनआईसीले व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने

75

काठमाण्डौ – एनआईसी एसिया बैंकले लकडाउनको समयमा आफ्ना ग्राहकलाई अत्यावश्यक सामग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।

लकडाउनका कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।

ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुनेछ । यो सेवा लिनको लागि इमेल ठेगाना [email protected]मा गई आफ्नो विवरण  पठाउन सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here