लकडाउन उल्लघंन गर्ने १ हजार ६ सय १८ जना नियन्त्रणमा

59
काठमाडौं – उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ८५ महिला सहित  १२ सय ३३  जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार विहान ६ बजे देखि बेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ३ सय ५६ वटा दुई पाङ्ग्रे र ४ वटा चारपाङग्रे गरी ३ सय ६० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १३ सय ५९ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ६  र भक्तपुरबाट ५३ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९६ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here