कोरोना अपेडट : अमेरिकामा मृतक संख्या ४० हजार नाघ्यो (कुन देशमा कति सुचीसहित)

64

एजेन्सी – अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । त्यहाँ ७ लाख ६४ हजार संक्रमितमध्ये उक्त संख्याका मानिसको मृत्यु भएको हो ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेकोमा सबैभन्दा बढी अमेरिकामा मृतक संख्या रहेको छ । २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेका देशहरुमा स्पेन र इटाली छन् । पछिल्लो तथ्यांक अनुसार २४ लाख भन्दा बढी संक्रमित भइसकेको तथ्यांक छ ।

 

देश      मृतक संख्या
अमेरिका ४०५४८
स्पेन २०४५३
इटाली २३६६०
फ्रान्स १९७१८
जर्मनी ४६४२
बेलायत १६०६०
चीन ४६३२
टर्की २०१७
इरान ५११८
बेल्जियम ५६८३
रुस ३६१
ब्राजिल २४६२
क्यानडा १५८७
नेदरल्यान्ड ३६८४
स्वीटजरल्यान्ड १३९३
स्रोतः वल्डोमिटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here