काठमाडौं – नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको
हो ।
काँग्रेसको आगामी रणनीति तय गर्न पार्टी पदाधिकारी बैठक शुरु भएको । विहान ९ बजे तय भएको बैठकले अध्यादेश ल्याउने सरकारको कदमविरुद्धको रणनीति, अन्य पार्टीसँगको समन्वय र छलफललगायतका विषयमा निर्णय लिने बुझिएको छ ।
सरकारले हिजो लकडाउन भइरहकै अवस्थामा राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । तर, सरकारले यसलाई नियमित प्रक्रिया भनेको छ ।


















