गण्डकी प्रदेश सरकारले कृषि र उत्पादनमा जोड दिन माग

161

पोखरा- कोरोना भाइरसको प्रभाव लामो समय पर्न सक्ने भन्दै गण्डकी प्रदेश सरकारले कृषि उत्पादन तथा स्थानीय उत्पादन गर्न माग गरेका छन् ।

लकडाउनले गर्दा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजान प्रायः बन्द भएको अवस्थामा स्थानीयस्तरमा उत्पादन हुने उत्पादनशिल उद्योगहरु सञ्चालनको वातावरण बनाउन पोखरेलीले माग गरेका हुन् ।

गण्डकी प्रदेशका सांसद रामजी बरालले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ वडा कार्यालयमा अध्यक्ष सहितका केही स्थानीयहरुसंगको छलफलमा राय सुझाव संकलनको क्रममा यस्तो कुरा जनाएका हुन् ।

प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग समेत गरेका छन् । राहत वितरणको अनुगमन गर्न समेत पोखराका वडामा निस्केका प्रदेश सांसद बराल समक्ष छलफलमा सहभागीहरुले लकडाउनका कारण मानसिक रुपमा धेरै समस्या भएकाले कृषि उत्पादन र उत्पादन गर्ने उद्योगलाई सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्ने वातावरण मिलाउन माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here