काठमाडाैं – उदयपुरमा थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ ।
उदयपुरमा मात्रै २४ जना सङ्क्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि मस्जिद वरपरका मानिसको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् ।


















