एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कोरोना भाइरस टेष्ट भएको छ । उनी कोरोना संक्रमितको सम्पर्कमा पुगेको खुलेपछि कोरोना टेष्ट गरेका हुन् ।
प्रधानमन्त्री कोरोना भाइरस रिलिफ फन्डमा १ करोड पाकिस्तानी रुपैयाँ सहयोगका लागि इदी इस्लामावाद पुगेका थिए । १५ अप्रिलमा उनले इमरान खानलाई हातैमा चेक दिएका थिए ।
पाकिस्तानमा कोरोना भाइरसबाट १० हजार संक्रमित भइसकेका छन् । त्यहाँ ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।


















