काठमाडौं– एनआइसी एशिया बैंकका ग्राहकहरूले लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी यसरी अनलाइनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने भएकाे छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।
बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था गरेकाे थियाे । फूडमाण्डु, ग्यापु मार्केट प्लेस तथा यूजी केकमार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाइन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने व्यवस्था गरेकाे थियाे ।

















