किनपालाई कीर्तिपुर नगर उद्योग वाणिज्य संघले ५ लाख बराबरको खाद्यान्न सहयोग

185
काठमाडौं – लकडाउनका बेला खाद्य अभावमा रहेकाहरुलाई कीर्तिपुर नगर उद्योग वाणिज्य संघले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । सो खाद्यान्न कीर्तिपुर नगरपालिकामार्फत राहत स्वरुप सहयोग गरिएको हो ।

कीर्तिपुर नगरपालिकाभित्र अस्थायी बसोवास गरेका र बिपन्न ज्यालादारीका रुपमा काम गर्ने मजदुरहरुलाई एकद्वार प्रणालीबाट खाध्यान्न सामग्री सहयोग गरिएको हो ।

सो सामग्री नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खडका उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापकहरु, समाजसेवी, स्थानीय प्रशासन र प्रहरीका साथै स्थानीय बासिन्दाको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here