विमान उडान जेठ २ गते सम्म बन्द : लकडाउनको निर्णय मन्त्रिपरिषद्ले गर्ने

141

काठमाडाैं – कोेरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज शनिबार बसेको बैठकले आन्तरिक तथा बाह्र हवाई उडान जेठ २ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।

बैठकले लकडाउनका विषयमा भने कुनै निर्णय गरेको छैन यसको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने जनाइएकाे छ । लकडाउनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको जनाइएकाे छ । समितिका संयोजक ईश्वर पोखरेल नेतृत्वमा बसिरहेको उक्त बैठकले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले भोलीको बैठकमा निर्णय गर्ने जनाइएकाे छ ।
चैत ११ देखि गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ ।  सरकारले पछिल्लो पटक गरेको लकडाउनको घोषणाको अवधि बैशाख १५ गते पूरा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here