कोरोना निको भए पनि यसकारण दाेहाेरिन सक्छ : डब्ल्यूएचओ

157

एजेन्सी – कोरोना भाइरसको संक्रमण (कोभिड-१९) निको भएका व्यक्तिलाई फेरि यो रोग लाग्दैन भन्ने कुनै ग्यारेन्टी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) चेतावनी दिएको छ।

संक्रमण निको हुनुको अर्थ अब उसलाई फेरि त्यो रोग लाग्दैन भन्ने प्रमाणपत्र नभएको डब्ल्यूएचओले जनाएको छ।

शनिबार विज्ञप्ति जारी गरेर उसले भनेको छ- कोरोना संक्रमण हटेर स्वस्थ भएपछि नदोहोरिने आधार छैनन् अर्थात् यो नै कोभिड-१९ संक्रमण प्रतिरोधको प्रमाणपत्र होइन।

कोभिड-१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेका व्यक्तिलाई फेरि संक्रमण हुँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म नभेटिएको डब्ल्यूएचओले जनाएको छ।

There is currently no evidence that people who have recovered from #COVID19 and have antibodies are protected from a second infection.https://t.co/8mWyjBILIS#coronavirus pic.twitter.com/aoWfTKBReJ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here