आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

1

काठमाडौं । कपिलवस्तु, यशोधरा गाउँपालिका-७ सोम्दी बस्ने ५५ वर्षीय ब्रमदेव पाठकको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रूपन्देही, सैनामैना नगरपालिका-८ रामापुर बस्ने यदुलाल पन्थको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here